नेष्डो समृद्ध लघुवित्तको आईपीओ भोली बाँडफाँड हुने
काठमाडौँ, २३, फागुन । नेष्डो समृद्ध लघुवित्तको आईपीओ भोलि मंगलबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार फागुन २४ गते कम्पनीको आईपीओ बाँडफाँड हुने भएको हो ।
विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीको आईपीओमा माग गरेभन्दा झण्डै ३९.०२ गुणा बढी आवेदन परेको छ ।
कुल ८ लाख २८ हजार ७५० कित्ताका लागि २६ लाख १० हजार १२७ जनाले ३ करोड २ लाख २४ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । जसमध्ये ७७ हजार ४५६ जनाले मात्र कम्पनीको सेयर हात पार्नेछन् । बाँकी २५ लाख ३२ हजार ६७० जनाको भने हात खाली हुने देखिन्छ ।









