image
image

सात महिनामा साढे ३२ अर्बको चामल आयात

काठमाडौँ, २३, फागुन ।  चालू आर्थिक वर्षको सात महिनाको अवधिमा भारतलगायत अन्य मुलुकबाट नेपालले साढे ३२ अर्बभन्दा बढीको चामल आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार, भारतलगायतका दर्जन बढी मुलुकबाट सो अवधिमा नेपालले ३२ अर्ब ३८ करोड ७७ लाख ६५ हजार बराबरको चामल आयात गरेको हो ।

सबैभन्दा बढी चामल आयात भारतबाट भएको छ भने अन्य दर्जन मुलुकबाट पनि चामल नेपाल भित्रिएको हो । सरकारले देशलाई प्रमुख खाद्यबालीमा आत्मनिर्भर बनाउने योजना बनाए पनि भारतबाट चामललगायतका कृषिउपजको आयात बढ्दै गएको हो ।

विभागको तथ्यांकअनुसार, धानको बीउ, मसिनो र बासमतियुक्त चामलको आयात बढेको हो । सो अवधिमा भारतबाट मात्रै ३२ अर्ब १६ करोड बराबरको चामल आयात भएको छ भने चीन, बंगलादेश, थाइल्यान्ड, अमेरिका, कोरिया, भियत्नाम, अष्ट्रेलिया, जापान, इन्डोनेसियालगायतका अन्य मुलुकबाट पनि चामल आयात भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।