image
image

व्यापारीले आफुखुसी बढाए मूल्य, प्रतिकिलो कति ?

काठमाडौँ, २३, फागुन । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा बर्डफ्लू भेटिएपछि बजारमा ब्रोइलर कुुखुराको अभाव देखिएको छ । बर्डफ्लू देखिएपछि किसानकै खोरमा गएर कुखुरा नष्ट गर्न थालेपछि बजारमा कुुखुराको अभाव हुन गएको हो । फलस्वरुप, त्यसको प्रत्यक्ष असर बजारमा देखिएको छ । कुखुरा नपाइएपछि व्यापारीले ब्रोइलर कुखराको मासुको मूल्य बढाएका छन् ।

बर्डफ्लूका कारण बजारमा कुखुरा नपाइएको व्यवसायीले बताएका छन् । जसका कारण आइतबार प्रतिकेजी तयारी ब्रोइलर कुखुराको मूल्य ४२० रुपैयाँमा बिक्रि भएकोमा सोमबार कुखुराको मासुको मूल्य ४४० रुपैयाँ खुद्रा मूल्य पुगेको छ । एकैदिन व्यापारीले किलोमा २० रुपैयाँ बढाएका हुुन ।

बर्डफ्लूको संक्रमणका कारण कुखुरा अभाव हुनुका साथै दाना र चल्लाको मूल्य बढेकाले तयारी मासुुको मूल्य बढेकोे राष्ट्रिय मासु व्यवसबाायी संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए । उनका अनुसार, बर्डफ्लू देखिएपछि किसानका खोर रित्तिन थालेको र बजारमा कुखुरा आउन छाडेपछि मूल्य बढेको हो ।

यता, कुखुरापालक किसान भने मारमा छन् । व्यापारीले किसानको खोरबाट प्रतिकेजी साढे २ सय रुपैयाँ उठाएर बजारमा साढे ४ सय रुपैयाँसम्ममा बिक्रि गरिरहेका छन् । बिचौलिया व्यापारीले किसानबाट साढे २ सय रुपैयाँ प्रतिकेजीसम्ममा कुखुरा उठाएर बजारमा अस्वभाविक रुपमा मूल्य वृद्धि गरेका छन् ।

कुखुरापालक किसान संघका अध्यक्ष झनक पौडेलले अहिलेको कुखुराको मूल्य वृद्धि अस्वभाविक रहेको बताए । कुखुरापालक किसानको लागत उठ्न नसकिरहेको अवस्थामा बिचौलिया व्यापारी, दाना उद्योगीको मनलाग्दी मूल्यवृद्धिले उपभोक्ता पनि मारमा परेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।