image
image

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुदैँ कारोबार ?

काठमाडौँ, २५, फागुन । आज मंगलबार नेपाली बजारमा सुनको मूल्यवृद्धि अहिले सम्मकै उच्च भएको छ । हिजो मंगलबार प्रतितोला एक लाख ३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला एक लाख ५ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँले बढेको हो । यो नेपाली बजारमा सुनको अहिलेसम्मकै महँगो मूल्य हो । यसअघि सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो। सोपश्चात पुनः ९० हजारभन्दा तल झरेको थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो मंगलबार प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार प्रतितोला ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।  पछिल्लो समय रुस र युक्रेनको द्वन्द्वका कारण सुनको भाउ दैनिक रुपमा बढ्न थालेको छ । डलरको भाउ महँगो हुँदा समेत सुनको भाग महँगिदै गएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ५ हजार रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।