image
image

प्रि ओपन सेसनमा : १० अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ, ३०, फागुन ।   साताको दोस्रो कारोबार दिन (सोमबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक १० अंक बढेको छ।अघिल्लो कारोबार दिन अर्थात आइतबार १०१.०७ अंक बढेर २६६७.९७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९.९९ अंक बढेर २६७७.९७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.५० अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा २० स्टकको ४१ लाख ६१ हजार ४० रुपैयाँ ६० पैसा बराबरको २ हजार ९४९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

सोमबार स्पेशल प्रि ओपन सेसनमा जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो कारोबार भएको छ।

यस दिन सो सेसनमा लघुवित्तको शेयर प्रति कित्ता ३१८ रुपैयाँ ६० मा पहिलो कारोबार भएको हो।

लघुवित्तले सर्वसधारणहरुलाई वितरण गरेको ५ लाख २२ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १० लाख ८७ हजार कित्ता गरी कुल १६ लाख कित्ता शेयर गत शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो।

लघुवित्तको शेयरलाई नेप्सेले प्रतिकित्ता न्युनतम १६४ रुपैयाँ ६० पैसा देखि ४९३ रुपैयाँ ८० पैसा ओपनिङ्ग रेन्ज प्रदान गरिएको थियो भने जेएएलपीए कारोबार संकेत प्रदान गरेको थियो।

फागुन २९ गते आइतबार, स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार नभएपछि सो दिन नियमित बजारमा कारोबार हुन सकेको थिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।