१७ अंकले घट्यो नेप्से, कतिको भयो कारोबार?
काठमाडौँ, १, चैत । आज सेयर बजार घटेको छ। मंगलबार सेयर बजार नेप्से परिसूचक १७.१५ अंकले घटेर २६५०.९७ अंकको विन्दूमा झरेको हो। नेप्से घटे पनि कारोबार रकम ३ अर्ब माथिको छ।
आज होटल एन्ड टुरिजम उपसमूहको परिसूचक सबैभन्दा बढी ३.१६ प्रतिशत बढेको छ। लाइफ इन्स्योरेन्स उपसमूहको परिसूचक ०.८२ प्रतिशत, म्युचल फन्डको ०.६१ प्रतिशत र नन लाइफ इन्स्योरेन्स उपसमूहको ०.५६ प्रतिशत बढेको छ। दिनभरीमा २२९ कम्पनीका ६५ लाख २९ हजार २६ सेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँ ३६ पैसाको कारोबार भएको छ। त्यस्तै, आज १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ।
आज इमर्जिङ नेपाल लिमिटेडको सेयर ९.९८ प्रतिशतले बढेको छ। त्यस्तै, सगरमाथा इन्स्योरेन्सको ६.६४ प्रतिशत र सोल्टी होटल लिमिटेडको सेयर ६.५१ प्रतिशतले बढेको छ। बाँकी कम्पनीको सेयर भने ६ प्रतिशतभन्दा कमले मात्रै बढेको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज एनटिसीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको ३४ करोड २३ लाख ५७ हजार १९४ रुपैयाँ २० पैसाको कारोबार भएको हो।
यसपछि, अपिको १२ करोड २० लाख २ हजार ३३८ रुपैयाँ ८० पैसा, नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड ८४ लाख ५२ हजार ३७६ रुपैयाँ ९० पैसा, नेपाल रिइन्स्योरेन्स कम्पनीको १० करोड ९१ लाख ८ हजार १३२ रुपैयाँ ६० पैसा र शिवम् सिमेन्टको ९ करोड १४ लाख ६६ हजार ६४४ रुपैयाँको कारोबार भएको छ।









