काठमाडौं उपत्यकामा थपिए १५ संक्रमित
काठमाडौँ, १, चैत । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा १३ र ललितपुरामा दुई संक्रमित थपिएका हुन् । भक्तपुरमा भने नयाँ संक्रमित थपिएका छैनन् ।
हाल काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या ८२८ छ ।
अहिले देशभर चार हजार ६७१ जना होम आइसोलेसनमा, ७५ जना संस्थागत आइसोलेसनमा छन् । तीमध्ये ३० जना आईसीयूमा र ६ भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।









