image
image

दुई अर्ब बराबरको नागरिक बचतपत्र निष्कासन गर्दै राष्ट्र बैंक

काठमाडौँ, २, चैत ।  नेपाल राष्ट्र बैंकले दुई अर्ब बराबरको नागरिक बचतपत्र निष्कासन गर्ने भएको छ । नेपाल सरकारका तर्फबाट मौद्रिक व्यवस्थापन विभागद्वारा निष्काशन गर्न लागेको उक्त  ‘नागरिक बचतपत्र, २०८३ (क)’ को समयावधि पाँच वर्ष हुने छ । 

केन्द्रीय बैंकले हिजो सूचना जारी गर्दै १० प्रतिशत ९ब्याजकर लाग्ने० वार्षिक ब्याजदर र पाँचवर्षे समयावधि रहेको बचतपत्र निष्कासन गर्ने जनाएको छ । बचतपत्रमा सबै नेपाली नागरिकले घटीमा रु १० हजार र बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई रु १० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ । 

बचतपत्र खरिद गर्न चाहनेले राष्ट्र बैंकले तोकेबमोजिम यही चैत १ गते देखि २० गतेसम्म आवेदन दिन सक्ने छन् । चैत ३० गते बचतपत्र निष्कासन गरिने बैंकले जनाएको छ ।बचतपत्रको ब्याज प्रत्येक ६ महिनामा भुक्तानी हुने र यसको अन्तिम साँवा भुक्तानी आगामी २०८३ चैत ३० गते हुने उल्लेख छ । इच्छुक खरिदकर्ताले बचतपत्र खरीद गर्न राष्ट्र बैंकको वेबसाइट प्रयोग गरी अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।