image
image

कारोबार रकमसँगै घट्यो सेयर परिसूचक

काठमाडौँ, २, चैत । बुधबार पनि सेयर बजारको परिसूचक ओरालो लागेको छ । १९.६५ अंकले घटेर नेप्से परिसूचक २६३१ अंकमा कायम भएको छ । त्यस्तै कारोबार रकममा पनि कमी आएको छ । मंगलबार ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार २ अर्ब ५७ करोडमा खुम्चिएको छ । 

होटल तथा पर्यटन ६६ र निर्जीवन बीमा उपसमूह ७७ अंक बढे । बैंकिङ ११, ब्यापार ३६, विकास बैंक ६०, जलविद्युत ३३, फाइनान्स २९, उत्पादन ४४, अन्य ५७, माइक्रोफाइनान्स ९ र जीवन बीमा उपसमूह ५७ अंकले घटे । इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो । मैलुङखोलाको मूल्य ६ तथा सोल्टी होटलको ४ प्रतिशत बढ्यो ।

नेपाल टेलिकम, गरिमा विकास बैंक, अपी पावर, नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन डिस्टिलरी कारोबार रकमका आधारमा क्रमश: अगाडि रहे । युनाइटेड इदी मर्दीको मूल्य ४.९ तथा टेलिकमको ३.५ प्रतिशत घट्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।