image
image

एक साताको अवधिमा ३० प्रतिशतले घट्यो कच्चा तेलको मूल्य

काठमाडौँ, २, चैत । विश्व बजारमा कच्चा तेलको मूल्यमा बितेको एक साताको अवधिमा  ३० प्रतिशतले गिरावट आएको छ। रुसले युक्रेनमा आक्रमण सुरु गरेयता विश्व बजारमा तेलको मूल्य नाटकीय रुपमा वृद्धि भएको थियो । एक साताको अवधिमा ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल १३९ डलरभन्दा बढी पुगेको थियो ।

व्यापारीहरुले रुसी तेललाई प्रतिबन्ध लगाएका कारण तेलको मूल्य प्रतिब्यारेल १८५ हुँदै २०० डलरसम्म पुग्न सक्ने विश्लेषकहरुले चेतावनी दिएका थिए । यसले मुद्रास्फीति दर बढ्नुका साथै विश्व अर्थतन्त्रमा संकुचन पैदा गर्ने अनुमान गरिएको थियो । 

यसबीच साउदी अरब र युनाइटेड अरब इमिरेट्स ९यूएई० ले तेलको उत्पादन बढाउन सक्ने आशाले केही राहात दिएको छ । जसका कारण ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल १०० डलरमा झरेको छ । एक साताको अवधिमा मूल्यमा ३० प्रतिशतले गिरावट आएको हो । यस्तै चीनमा नयाँ कोरोना भाइरसका कारण मुख्य सहरहरुमा प्रतिबन्ध लगाइएका कारण तेलको मागमा कमी आउने भएकाले बजारमा दबाब कम पर्ने जनाइएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।