देशभर थपिए ८२ जना कोरोना संक्रमित
काठमाडौँ, २, चैत । देशभर थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ८२ जनामा संक्रमण पुष्टि भएको हो।
४ हजार ७९० जनाको पिसिआर गर्दा ४१ र १ हजार ३८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो। ६ हजार १७५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
योसँगै देशभर ४ हजार ५७४ जना सक्रिय संक्रमित छन्।
२१३ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।









