image
image

चीनमा कोरोनाले २ वर्षको रेकर्ड तोड्यो

काठमाडौँ, ४, चैत ।  छिमेकी देश चीनमा कोरोनाको नयाँ संक्रमणले गत २ वर्षको रेकर्ड तोडेको छ । यसैगरी जर्मनी, इटाली, फ्रान्ससमेत कयौं युरोपेली देश र दक्षिण कोरियाजस्ता एसियाली देशमा पनि कोरोनाको संक्रमण बढ्न थालेको छ । 

कोरोनाको यो ताजा लहरका पछाडि ‘स्टेल्थ ओमिक्रोन’ भनिँदै आएको ओमिक्रोनको सब भेरियन्ट ‘बीए २’ लाई जिम्मेवार मानिँदै आएको छ । चीन कोरोना महामारीको सुरुवातपछि यो घातक भाइरसबाट सर्वाधिक हमला झेलिरहेको छ र पछिल्ला केही सातादेखि त्यहाँ कोरोनाको नयाँ केसले रेकर्ड बनाएको छ ।

२० फेब्रुअरीपछि चीनमा दैनिक संक्रमितको संख्या लगातार बढिरहेको छ र विगत ५ दिनदेखि त्यहाँ प्रत्येक दिन एक हजारभन्दा बढी नयाँ केस देखिएका छन् ।१४ मार्चमा चीनमा कोरोनाको ३ हजार ६०२ केस देखिएका छन् । यो २०२० को फेब्रुअरीपछि कै बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।