नेपाली टोली आज थाइल्याण्ड प्रस्थान गर्ने
काठमाडौँ, ७, चैत । नेपाली राष्ट्रिय फुटबल टोली आज थाइल्याण्ड प्रस्थान गर्ने भएको छ । मैत्रीपूर्ण खेलका लागि नेपाली थाइल्याण्ड जान लागेको हो ।
नेपाली टोली अपरान्ह १२ बजे पछि थाइल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ । थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको एन्फाले आइतबार नै बिदाइ गरिसकेको छ । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपालको समूहको छनोट खेलहरू कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरू जुन ८ देखि १४ सम्म हुनेछ । एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो । समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।









