image
image

अपी पावर कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर जारी गर्दै

काठमाडौँ, ९, चैत । अपी पावर कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर चैत्र २५ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले १ः०.३९३६ को अनुपातमा एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले उक्त हकप्रद सेयर जारी गर्न चैत १४ गते (एक दिने) बुक क्लोज गर्ने भएको छ। यस अनुसार चैत १३ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद सेयर भर्न पाउने छन्। यस हकप्रद सेयरमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल रहेका छन्। यस हकप्रद सेयरमा लगानीकर्ताले बैशाख १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

यस हकप्रद सेयरमा लगानीकर्ताले मुक्तिनाथ क्यापिटल लिमिटेड, अपी पावर कम्पनी लिमिटेडको केन्द्रिय कार्यलय, मुक्तिनाथ विकास बैंकका इटहरी, पोखरा नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज,धनगढी अत्तरिया शाखा कार्यलयहरु, ग्लोबल आईएमई बैंकका बैतडी गोकुलेश्वर,दार्चुला, डडेल्धुरा, महेन्द्रनगर, धनगढी, अत्तरिया शाखा कार्यलयबाट आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।