image
image

नेप्से साढे १६ अङ्कले घट्यो

काठमाडौँ, १०, चैत ।  शेयर बजार आज बिहीवार पनि घटेको छ । हिजो बुधवार २० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ६९ अङ्कले घटेर दुई हजार ६ सय १३ दशमलव ६७ विन्दुमा झरेको छ ।

आज बीमाबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । आज दुई सय २४ वटा कम्पनीकाे ५२ लाख ९८ हजार कित्ता शेयर तीन अर्ब २४ करोड ८९ लाख रुपैयाँ कारोबार भएकाे छन् । जीवन विकास लघुवित्त कम्पनीको ३० करोड ६३ लाख र नेपाल दूरसञ्चार कम्पनीको २३ करोड ५० लाख रुपैयाँको शेयर किनबेच भयो ।

लाभांशका लागि शेयर किनबेच र होल्ड गर्ने आज अन्तिम दिन भएकाले जीवन विकास र दूरसञ्चार कम्पनीको शेयर कारोबार बढेको हो ।

आज नेपाल फाइनान्स र साम्लिङ पावर कम्पनीको शेयर साढे चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।