image
image

आज कुन देशको मुद्रा विनिमयदर कति ? 

काठमाडौँ, ११, चैत ।  अमेरिकन डलरको भाउ लगातार उकालो लागेसँगै पछिल्लो एक सातायता करिब १ रुपैयाँ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत हप्ताको शुक्रबार १ अमेरिकन डलरको विक्रीदर १२१ रुपैयाँ ५९ पैसा कायम भएको थियो । एक हप्तापछि आज (शुक्रबार) डलरको विक्रीदर १२२ रुपैयाँ ४९ पैसा कायम भएको छ । आज १ अमेरिकन डलरको खरिददर १२१ रुपैयाँ ८९ पैसा कायम भएको छ । 

यस अघि डलरको विक्रीदर फागुन २४ गते बढेर हालसम्मकै उच्च १२३ रुपैयाँ ४४ पैसासम्म पुगेको थियो । 

जापानी येन १० को खरिददर १० रुपैयाँ शुन्य २ पैसा र विक्रीदर १० रुपैयाँ शुन्य ७ पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर ८९ रुपैयाँ ७७ पैसा रहेको छ भने विक्रीदर ९० रुपैयाँ २क१ पैसा रहेको छ । राष्ट्र बैंकका अनुसार युरोपियन युरोको आज १ को खरिददर १३३ रुपैयाँ ८७ पैसा र विक्रीदर १३४ रुपैयाँ ५२ पैसा छ । युके पाउन्ड स्टलिङ १ को खरिददर १६० रुपैयाँ ७१ पैसा र विक्रीदर १६१ रुपैयाँ ५० पैसा छ । 

त्यस्तै चाइनिज यून १ को खरिददर १९ रुपैयाँ १३ पैसा र विक्रीदर १९ रुपैयाँ २३ पैसा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।