image
image

नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ११, चैत ।  नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ८ सय २२ पिसिआर परिक्षणका क्रममा १२ जना र १ हजार ५ सय २० एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजार ४ सय १४ पुगेको छ ।

कोरोनाका कारण शुक्रबार पनि कसैको ज्यान गएको छैन । हालसम्म नेपालमा ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ ।

त्यस्तै, थप २ सय ७१ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ९ सय ६० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।