image
image

८ महिनामा वीरगञ्जबाट ५३ अर्ब बढीको प्रशोधित तेल भारत निर्यात

काठमाडौँ, ११, चैत ।  चालू आर्थिक वर्षको पहिलो ८ महीनामा वीरगञ्जबाट ५३ अर्ब १० करोड रुपैंया प्रशोधित तेल भारत निर्यात निर्यात भएको छ । 

गत आवको सोही अवधीमा १६ अर्ब १८ करोड रुपैयाँबराबरको प्रशोधित तेल भारत निकासी भएकोमा यस वर्ष बढेर तीन गुणाभन्दा बढी मूल्यको खाने तेल निर्यात भएको हो ।  

यस्तै, २३ अर्ब ३३ करोड रुपैयाँ मूल्य बराबरको ११ करोड ४७ लाख लीटर पाम तेल निकासी भएको छ ।  चालू आवको फागुनसम्ममा सबैभन्दा बढी भटमासको प्रशोधित तेल भारत निर्यात भएको हो । २७ अर्ब ४६ करोड रुपैयाँ बराबरको १ लाख ९ हजार ७३७ मेटिकटन भटमासको तेल निर्यात भएको भन्सार वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । 

गत आवको आठ महीनामा ७३ करोड रुपैयाँको ४ हजार ८८९ मेट्रिक टन सूर्यमुखी तेल निकासी भएको थियो । यो वर्षको २ अर्ब ३० करोड रुपैयाँको ११ हजार ७०० मेट्रिकटन यस्तो तेल भारत निर्यात भएको भन्सारको तथ्यांकमा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।