image
image

वीरेन्द्रनगरमा पिउने पानीको मूल्य बढ्यो

काठमाडौँ, १४, चैत ।  सुर्खेतको वीरेन्द्रनगरमा प्रशोधित शुद्ध पिउने पानीको मूल्य बढेको छ । प्रशोधित पिउने पानी उत्पादकहरूको आइतबार बसेको बैठकले यही १५ गतेदेखि लागु हुनेगरी पिउने पानीको मूल्य बढाउने निर्णय गरेको हो ।

कर्णाली प्रदेश वाटर एण्ड वेभरेज प्रालिका सञ्चालक अभिनाश थानीका अनुसार जार पानी फुटकरमा प्रति जार ४५०, होलसेलमा ४००, प्रति डिस्पेन्सर ४०० कायम गरिएको छ । यस्तै, जार पानी फुटकर ७५ र होलसेललाई ६० तथा एक लिटर बोतल पानीको प्रतिपेटी १८० रुपैयाँ कायम गरिएको छ ।

वीरेन्द्रनगरमा सञ्चालित उक्त पिउने पानी उत्पादक कम्पनीहरूले उद्योगी व्यवसायीको हकहित र वृत्ति विकासका लागि व्यवसायीक संघ गठन गर्ने निर्णय समेत गरेका छन् । वीरेन्द्रनगरमा जय श्री प्रशोधित पानी उद्योग, मध्यपश्चिम वटर, कर्णाली प्रदेश वाटर एण्ड वेभरेज, आरआर ड्रिकिङ्ग वटर, तिलाकर्णाली प्रशोधित खानेपानी उद्योग र बौद्ध ग्रामीण प्रशोधित खानेपानी उद्योग सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।