image
image

२५४२ अंकमा झऱ्यो नेप्से, सबै उपसमूहमा गिरावट

काठमाडौँ, १४, चैत ।  सोमबार पनि सेयर बजारको परिसूचक नेप्से घटेको छ । यस दिन सबै उपसमूह घटेका छन् । परिसूचक नेप्से करिब ३० (२९.९८) अंक घटेर २५४२ मा कायम भएको छ । २१ कम्पनीको मात्रै मूल्य बढ्यो । १६७ कम्पनीको मूल्य घट्दा ५ को स्थिर रह्यो ।

कुल २ अर्ब ५४ करोड रुपैयाँको कारोबार भयो । बैंकिङ ८, ब्यापार ६०, होटल तथा पर्यटन २४, विकास बैंक ७५, जलविद्युत् २४, फाइनान्स ४९, निर्जीवन बीमा २५२, उत्पादन ८४, माइक्रोफाइनान्स ४० र जीवन बीमा ३४२ अंकले घटे ।

राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै नेस्डो लघुवित्तको मूल्य ६ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा जीवन विकास लघुवित्त, अपि पावर, हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन क्रमश: अगाडि रहे । धेरै मूल्य घट्नेमा आईसीएफसी फाइनान्स, सानिमा लाइफ, ज्योति लाइफ, ग्रीनलाइफ हाइड्रो रहे । यी कम्पनीको मूल्य ४.३ देखि ४.८ प्रतिशतसम्म घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।