image
image

आज ४०.६८ अंकले बढ्यो नेप्से, २ अर्ब माथिको कारोबार

काठमाडौँ, १६, चैत ।  बुधबार सेयर बजार बढेको छ। आज सेयर बजारको परिसूचक ४०.६८ अंकले बढेर २,५६८.२५ पुगेको हो। दिनभर जम्मा २३२ कम्पनीको ४५ लाख २ हजार ५११ सेयर किनबेच हुँदा २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँ ३५ पैसाको कारोबार भएको छ। 


आज कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ। बुधबार अन्यको ४.१२ प्रतिशत, विकास बैंकको ३.३२ प्रतिशत, फाइन्यान्सको ३.२९ प्रतिशत, इनभेस्टमेन्टको २.७१ प्रतिशत र हाइड्रोपावरको २.५१ प्रतिशतले बढेको हो। यीबाहेक अन्य उपसमूहको सूचक २ प्रतिशतभन्दा कमले मात्रै बढेको हो। कारोबार भएका कुल कम्पनीमध्ये १७८ कम्पनीको मूल्य घटेको छ भने जम्मा १३ कम्पनीको मूल्य बढेको छ। बाँकी ४ कम्पनीको मूल्य स्थिर छ। 

नेपाल स्टक एक्सचेन्जकाअनुसार आज सिद्धार्थ इन्स्योरेन्सको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको ११ करोड २७ लाख २३ हजार ४०६ रुपैयाँ ३० पैसाको कारोबार भएको हो। बुधबार इमर्जिङ नेपाल लिमिटेडको सेयर १० प्रतिशतले बढेकझ छ। राष्ट्र उत्थान लघुवित्त संस्था र  नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको सेयर भने ९.९९ प्रतिशतले बढेको छ। सामलिङ पावर कम्पनीको सेयर भने ९.८४ प्रतिशतले बढेको छ। यीबाहेक बाँकी कारोबारमा आएका कम्पनीहरूको सेयर ७ प्रतिशतभन्दा कमले बढेको हो। 

यसपछि, प्रभु इन्स्योरेन्स कम्पनीको १० करोड ९२ लाख ३१ हजार २९८ रुपैयाँ, नबिल बैंकको १० करोड ९ लाख ९८ हजार ६३२ रुपैयाँ ८० पैसा,  एनटिसीको ६ करोड ८३ लाख १७ हजार ४८९ रुपैयाँ ७० पैसा र शिवम् सिमेन्टको सेयर ६ करोड १९ लाख ६५ हजार २७४ रुपैयाँ ३० पैसाको कारोबार भएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।