image
image

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट

काठमाडौँ, १७, चैत । साताको अन्तिम कारोबारको दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च(नेप्से) दोहोरो अंकले घटेको छ । 

हिजो बुधबार साढे ४० अंक बढीले बढेको शेयर बजार कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ २३.९५ अंकले घटेर २५४४.३० को बिन्दुमा पुगेको हो । नेप्से ०.९३ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.६० अंकले घटेर ४७५.४७ विन्दुमा पुगेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये व्यापारबाहेक बाँकी सबै उपसमूहको शेयर घटेको छ । अन्तिम समयसम्म कारोबारमा आएका कूल २२८ वटा कम्पनीको ३७ लाख ८७ हजार कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब ८९ करोड एक लाख ६४ हजार रूपैयाँ बराबरको कारोबार भएको  छ ।

बिहीबार इमर्जिङ नेपाल कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९ करोड २३ लाख ८४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज इमर्जिङ नेपाल कम्पनी लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।