मेगा बैंकका संस्थापकले १ लाख ४९ हजार कित्ता सेयर बिक्री गर्दै
काठमाडौँ, १८, चैत । मेगा बैंकका केही संस्थापक सेयरधनीले १ लाख ४९ हजार २०१ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् । यसको बिक्री गर्ने मूल्य भने खुलाइएको छैन । यसमा मेगाकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले ३५ दिन भित्र निवेदन दिनुपर्नेछ ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले बैंकको केन्द्रीय कार्यालय राइजिङ मल, कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।