image
image

३० अंकले घट्यो शेयर बजार

काठमाडौँ, २०, चैत ।  साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से घटेको छ । ३०. ८९ अंक घटेर नेप्से २५१३ अंकमा कायम भएको छ । कारोबार रकम जम्मा १ अर्ब ४६ करोडमा खुम्चिएको छ । कुल १९ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो, ४ को स्थिर रहृयो । 

सबै उपसमूह घटेका छन् । बैंकिङ ८, विकास बैंक ५५, फाइनान्स ३०, होटल तथा पर्यटन २३, जलविद्युत ३९, लगानी १, जीवन बीमा २१६, उत्पादन ४९, माइक्रोफाइनान्स ६८, निर्जीवन बीमा १७४, अन्य ६४ र ब्यापार उपसमूह २८ अंकले घटे ।

तीन कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ । राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ नेपाल र नेस्डो लघुवित्तको मूल्य १० प्रतिशतले बढेको हो । कारोबार रकमका आधारमा सूर्या लाइफ, सिद्धार्थ इन्स्योरेन्स, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन क्रमशः सबैभन्दा अगाडि रहे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।