image
image

३२ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आजै

काठमाडौँ, २१, चैत ।  नेपाल राष्ट्र बैंकले आज (सोमबार) ३२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।

केन्द्रीय बैंकले चैत २२ गते जारी गर्न लागेको २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज सोमबार गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल २०७९ वैशाख २० गते परिपक्व हुनेछ।

त्यस्तै केन्द्रीय बैंकले १८२ दिनका लागि १० अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल २०७९ असोज १८ गते परिपक्व हुनेछ। यसैगरी राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल २०७९ असार २१ गते परिपक्व हुनेछ।

राष्ट्र बैंकले ३६४ दिने ११ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल भने २०७९ चैत २१ गते परिपक्व हुनेछन्। 

यी ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। 

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।