image
image

बलेफी हाइड्रोको आईपिओ भर्ने आज अन्तिम दिन

काठमाडौँ, २१, चैत ।  बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपिओमा आवेदन दिने आज चैत्र २१ गते सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले चैत्र १६ गतेदेखि  सर्वसाधारणलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गरेको हो ।

जस मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  कम्पनीको आइपिओमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । 

आइतबार साँझसम्म कम्पनीको साधारण सेयरमा झन्डै १३ गुणा बढीको आबेदन परेको छ। आइतबार ५ बजेर ३० मिनेट जाँदाको समयसम्ममा आइपीओमा १८ लाख ७० हजार ७०९ आवेदकबाट २ करोड १२ लाख २६ हजार ७५० कित्ताको लागि आबेदन परेको छ। यो भनेको झन्डै १२.७६ गुणाले बढी हो। 

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविकको गुम्बा र गोल्चे गा.वि.स.हरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ  ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।