image
image

सवाँ अर्बभन्दा बढीको केरा आयात

काठमाडौँ, २१, चैत ।  चालू आर्थिक वर्ष २०७८/०७९ को पछिल्लो आठ महिनाको अवधिमा सवाँ एक अर्बको केरा आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार भारतलगायतका विभिन्न मुलुकबाट १ अर्ब १६ करोड १९ लाख बराबरको केरा नेपालले आयात गरेको हो ।

सो अवधिमा सबैभन्दा बढी भारतबाट मात्रै केरा आयात भएको भन्सार विभागले जनाएको छ । उक्त अवधिमा भारतबाट १ अर्ब १६ करोड १८ लाख रुपैयाँको केरा नेपाल भित्रिएको छ भने इन्डोनेसियाबाट न्यून मात्रामा केरा भित्रिएको छ । इन्डोनेसियाबाट ४० हजार बराबरको केरा आयात भएको छ ।

केरा आयातबाट सरकारले राजस्व भने संकलन गरेको छ । भन्सार विभागका अनुसार, दुवै देशबाट केरा आयातबाट सरकारले ११ करोड ३२ लाख २१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

कृषिप्रधान मुलुक भनिए पनि वर्षेनी केरालगायतका फलफुलहरु विदेशबाट नै आयात भइरहेका छन् । नेपाली किसानको खेत बारीमा उत्पादन भएको केराले बजार पाउँदैन तर, विदेशबाट भने निर्वाध रुपमा केरा आयात भइरहेको छ ।

केराको आयात रोक्न भन्सार महशुल दर बढाउन किसानस्तरबाट आवाज उठे पनि सरकारले माग सम्बोधन गर्न सकेको छैन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।