image
image

एकदिनमै बैंकहरूको निक्षेप २ अर्बले घट्यो

काठमाडौँ, २१, चैत ।  बैंकहरूको निक्षेप संकलन घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत्र १९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४८ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

चैत्र १८ गते बैंकहरूको निक्षेप ४९ खर्ब रूपैयाँ रहेको थियो । एकैदिनमा बैंक तथा वित्तिय संस्थाहरूको कुल निक्षेप २ अर्बले घटेको हो । यस अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि एक अर्बले घटेर ४३ खर्ब २९ अर्बमा झरेको छ ।

बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.८२ प्रतिशतबाट बढेर ९०.८४ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी भने ४७ खर्ब एक अर्बमा स्थिर रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।