नेपालमा पछिल्लो २४ घन्टामा थप ३३ जनामा कोरोना भाइरस संक्रमण
काठमाडौँ, २१, चैत । नेपालमा पछिल्लो २४ घन्टामा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३३ जनामा संक्रमण पुष्टि भएको हो।
अहिले देशभर ८ सय ४२ जना सक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। त्यसैगरी पछिल्लो २४ घन्टामा ८९ जना संक्रमित निको समेत भएका छन्।५ हजार ५९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। २ हजार ९४२ जनाको पिसिआर र २ हजार ११७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।









