image
image

२७ व्यवसायी वाणिज्यको कारबाहीमा, तेल उद्योगबाट सबैभन्दा धेरै जरिवाना असुली

काठमाडौं माघ ९ । बजारमा खाद्यान्नको  मूल्य अस्वभाविक रुपले बढेको कुरा मिडियामा आउन थालेपछि  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गर्दै पछिल्लो पाँच दिनमा २७ व्यवसायिक प्रतिष्ठानहरुलाई कारबाही गरेको छ। 

कारबाहीमा पर्ने व्यवसायीहरुबाट विभागले करिब ११ लाख ५ हजार रुपैयाँ जरिवानासमेत असुल गरेको छ। विभागले उपत्यकाका तीनवटै जिल्लामा रहेका खाद्यान्न तथा किराना, निर्माण सामग्री, हार्डवेयर, मदिरा, फर्निचर लगायतका कुल ५९ वटा व्यवसायहरुमा अनुगमन गरेको थियो।

अनुगमनका क्रममा २७ वटा खाद्यान्न तथा  निर्माण सामाग्री व्यवसायले उपभोक्ता हित प्रतिकूल कार्य गरेको फेला पारेको विभागले जनाएको छ।
केहि समय यता बजारमा तेलको मूल्यमा अस्वभाविकरुपमा बढाएको पाइएपछि अनुगमन तिब्र पारिएको विभागले जनाएको थियो । सोहि क्रममा बाराको २ ओटा तेल उधोगले अस्वभाविकरुपमा बढाएको पाइयो र उनीहरुलाई ३- ३ लाख जरिवाना समेत गरिएको जनाएको छ । 
   दैनिक बजार अनुगमन हुँदा खाद्ध्य बस्तुको  अप्राकृतिक मूल्यवृद्धि नियन्त्रण हुने उनी बताउँछन्। हाल विभागको पाँच वटा टोलीले उपत्यकाका तीन जिल्लामा दैनिक बजार अनुगमन गरिरहेको  सिवराज सेढाइले बताए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।