प्रि ओपन सेसनमा नेप्से परिसुचक सामान्य अंकले गिरावट
काठमाडौँ, २३, चैत । आज बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.२६ अंक घटेको छ ।
अघिल्लो कारोबार दिन मंगलबार ४६.४६ अंक घटेर २४५२.०६ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ०.२६ अंक घटेर २४५१.८१ विन्दुमा पुगेको हो ।
जसमध्ये २ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ ।सो सेसनमा सेन्सेटिभ इण्डेक्स स्थिर रहेको छ । बुधबार प्रि ओपन सेसनमा ४ स्टकको १ लाख ३५ हजार ८२० रुपैयाँ बराबरको २५१ कित्ता शेयर खरिदबिक्री भएको छ ।









