नेपालमा पछिल्लो २४ घन्टामा थप १३ जनामा कोरोना संक्रमण
काठमाडौँ, २३, चैत । नेपालमा पछिल्लो २४ घन्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार बुधबार १३ जनामा संक्रमण पुष्टि भएको हो।
३ हजार ३५८ जनाको पिसिआर गर्दा १० र १ हजार ४४९ जनाको एन्टिजेन परीक्षण ३ जनामा संक्रमण पुष्टि भएको हो।मिश्राका अनुसार ४ हजार ८०७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
५७ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।अहिले देशभर ७ हजार ६५ जना सक्रिय संक्रमित छन्।









