image
image

आज कुन देशको मुद्रा विनिमयदर कति ? 

काठमाडौँ, २४, चैत ।  आज एक अमेरिकी डलरको खरिददर १२०.९२ रुपैयाँ र बिक्रीदर १२१.५२ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी विनिमयदर तोक्दै डलरको बिक्रीदर १२१ रुपैयाँभन्दा माथि कायम भएको जनाएको हो । यसैगरी, एक यूरोको खरिददर १३१.८५ रुपैयाँ र बिक्रीदर १३२.५१ रुपैयाँ तथा स्र्टलिङ पाउण्डको खरिददर १५८.१५ रुपैयाँ र बिक्रीदर १५८.९४ रुपैयाँ तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलरको खरिददर ९१.५५ रुपैयाँ र ९२ रुपैयाँ छ ।

यता सिंगापुर डलरको खरिददर ८८.८६ रुपैयाँ छ भने बिक्रीदर ८९.४० रुपैयाँ तथा १० जापानी येनको खरिददर ९.७६ रुपैयाँ कायम हुँदा बिक्रीदर ९.८० रुपैयाँ कायम छ । १९.०१ रुपैयाँमा खरिद भइरहेको चिनियाँ युवानको बिक्रीदर १९.१९ रुपैयाँ छ । यस्तै, ३२.२४ रुपैयाँ खरिद मूल्य तोकिएको साउद रियालको बिक्रीदर ३२.४० रुपैयाँ छ भने ३३.०९ रुपैयाँमा खरिद भइरहेको कतारी रियालको बिक्री मूल्य ३३.२६ रुपैयाँ छ ।


संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको खरिददर ३२.९२ रुपैयाँ हुँदा ३३.०९ रुपैयाँ बिक्रीदर तोकिएको केन्द्रीय बैंकले जानकारी दिएको छ । यस्तै, मलेसियाको रिंगटको खरिद मूल्य २८.६९ रुपैयाँ र बिक्रीमूल्य २८.८३ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।