image
image

आठ महिनामा १४ अर्ब २९ करोडको मकै आयात

काठमाडौँ, २४, चैत ।  चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा भारतलगायतका मुलुकबाट १४ अर्ब २९ करोड रुपैयाँ बराबरको मकै आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार, सो अवधिमा बीऊ र दानाजन्य प्रयोजनका लागि मकै आयात भएको हो ।

सो अवधिमा झन्डै एक अर्बको बीऊ मकै आयात भएको छ भने बाँकी अन्य मकै आयात भएको हो । नेपालमा दाना उद्योगका लागि सबैभन्दा बढी मकै विदेशबाट नै आयात हुन्छ । कृषिप्रधान मुलुक नेपालबाट प्रत्येक वर्ष मकै आयातमा अर्बौैं रूपैयाँ बिदेसिने गरेको छ । यो क्रम बर्सेनि बढिरहेको सरकारी तथ्यांकले देखाउँछ ।

नेपाल कुखुराको मासु र अण्डा उत्पादनमा आत्मनिर्भर हुँदै गर्दा कुखुरा दाना बनाउन प्रयोग हुने मकैको खपत बढेकाले आयात गर्नुपरेको पोल्ट्री व्यवसायीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।