image
image

शेयर बजार साढे ३५ अङ्कले बढ्यो, दुई अर्ब १२ करोड रुपैयाँको कारोबार

काठमाडौँ, २४, चैत । लगातार तीन दिनसम्म दोहोरो अङ्कले घटेको शेयर बजार आज बिहीवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ६६ अङ्कले बढेर दुई हजार चार सय ६४ दशमलव ३१ विन्दुमा पुगेको छ । 

सबै समूहको शेयर बढेकोमा विकास बैंक, व्यापार, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । दुई सय २४ कम्पनीका ५४ लाख ४४ हजार कित्ता शेयर दुई अर्ब १२ करोड १५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको सात करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भयो । 

हिमालयन पावर पार्टनर र नेष्डो समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि राष्ट्रउत्थान लघुवित्तको शेयर झण्डै आठ प्रतिशत र इमर्जिङ नेपाल कम्पनीको शेयर सबैभन्दा धेरै साढे ६ प्रतिशतले घटेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।