image
image

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५ अर्बले बढ्यो

काठमाडौँ, २४, चैत ।  बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ५ अर्बले बढेको छ । 

एकदिनमै ५ अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको छ । 

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि बढेको छ । कर्जा लगानी २ अर्बले बढेर ४७ खर्ब २ अर्ब पुगेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार चैत्र २१ गते, सोमबार ४९ खर्ब १० अर्ब रहेको बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकैदिनमा ५ अर्बले बढेर  चैत्र २२ गते, मंगलबारसम्म कुल ४९ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.६५ प्रतिशतबाट घटेर ९०.५८ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।