image
image

प्रभावित क्षेत्रका लागि रिभर फल्स पावरको आइपीओ बिक्री खुला

काठमाडौँ, २७, फागुन ।  रिभर फल्स पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाका लागि आइपीओ बिक्री खुला गरेको छ। आज (चैत २७) देखि बिक्री खुला गरेको हो।


कम्पनीले १०० रुपैयाँ अंकित दरले जारी पुँजी ७० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ७ लाख कित्ता साधार‌ण सेयर आयोजना प्रभावित क्षेत्रमा लागि बिक्री खुला गरेको छ । 

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयरमा लागि आवेदन दिन सकिनेछ। आईपीओमा आवेदन दिने अन्तिम दिन वैशाख ११ गते हो। सो अवधिमा पर्याप्त आवेदन नपरे निष्कासन मिति वैशाख २६ गतेसम्म लम्ब्याइने कम्पनीले जनाएको छ।

कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटललाई नियुक्त गरेको छ। कम्पनीले प्रवर्द्धन गरिरहेको पिलुवा खोला जलविद्युत आयोजनाको जडित क्षमता १०.३० मेगावाट छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।