image
image

विश्व बजारमा खाद्यान्नको मूल्यवृद्धि हालसम्मकै उच्च

काठमाडौँ, २७, फागुन । गत मार्चमा विश्वमा खाद्यान्नको मूल्यमा झण्डै १३ प्रतिशतले वृद्धि भएको छ । युक्रेन युद्धको कारण यो वृद्धिदर अहिलेसम्मकै उच्च हो । संयुक्त राष्ट्र संघको खाद्यान्न निकायले विश्व बजारमा खाद्यान्न र खाने तेलको भाउमा अप्रत्याशित वृद्ध भएको जनाएको छ ।

खाद्यान्न तथा कृषि संगठन (एफएओ) को विश्वभरि उपभोग्य खाद्यवस्तु व्यापार गर्ने खाद्यान्न मूल्य सूचीको औसत अंक १५९ दशमलब ३ रहन पुगेको थियो । सो अंक फ्रेब्रुअरीमा १ सय ४१ दशमलब ४ रहेको थियो ।

ब्ल्याक सीमार्फत विश्व बजारमा गहुँ, मकै, जौ र सूर्यमुखी तेल निर्यात गर्ने रुस र युक्रेन प्रमुख मुलुक हुन् । मस्कोले छ सातादेखि लगातार आक्रमण गरिरहेकाले युक्रेनको निर्यात कार्य ठप्प हुन पुगेको छ । एफएओले गत महिना युक्रेन युद्धको परिणामस्वरूप खाद्यान्नको मूल्यमा २० प्रतिशतसम्मले वृद्धि हुनसक्ने र त्यसबाट विश्वमा कूपोषणको खतरा बढाउने भविष्यवाणी गरेको थियो ।

मार्चमा गेडागुडी तथा दालको मूल्य सूची १७ प्रतिशतले वृद्धि भएको थियो । त्यसैगरी वनस्पति तेलको मूल्य सूची २३ प्रतिशत नाघेको थियो । एफएओले यो तथ्याङ्क अहिल सम्मकै बढी रहेको जनाएको छ । एफएओले गत महिना चिनी र दुग्ध पदार्थहरूको मूल्य पनि निकै बढेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।