image
image

१५ अर्ब २५ करोड ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ, २७, फागुन ।  नेपाल राष्ट्र बैंकले भोलि १५ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ ।केन्द्रीय बैंकले चैत २९ गते जारी गर्न लागेको ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार गर्ने भएको हो । 

राष्ट्र बैंकले ९१ दिनका लागि ८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल २०७९ असार २८ गते परिपक्व हुनेछ । त्यस्तै केन्द्रीय बैंकले १८२ दिनका लागि २ अर्ब २५ करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ । यो ट्रेजरी बिल २०७९ असोज २५ गते परिपक्व हुनेछ । 

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।राष्ट्र बैंकले ३६४ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल भने २०७९ चैत २८ गते परिपक्व हुनेछन् । यी ट्रेजरी बिलको भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।