image
image

४७ वस्तुको आयात तत्काल नहुने

काठमाडौँ, २८, चैत ।  नेपाल बैकर्स संघले नेपाल राष्ट्र बैंकले नगद मार्जिन तोकेका ४७ समुहका वस्तुको एलसी तत्काललाई नखुल्ने भएको छ । संघको आइतबारको बैठकले नेपाल राष्ट्र बैंकले आयात गर्दा नगद मार्जिन राख्नु पर्ने वस्तुको एलसी नखुलाउने निर्णय गरेको हो । 

तत्काललाई राष्ट्र बैंकको मौखिक निर्देशन बमोजिम नै अत्यावश्यक बाहेकका गाडी, चकलेट, पर्फयुमलगायतका वस्तुहरुको एलसी नखुल्ने अनौपचारिक सहमति गरिएको हो । राष्ट्र बैंकले गत सोमबार बैंकका सीइओलाई बोलाएर गाडी सहितका बिलासिताको वस्तुको एलसी रोक्न मौखिक निर्देशन दिएको थियो । 

बैकर्स संघले नगद मार्जिन तोकेका चिनी, चकलेट, चुइगम, इनर्जी ड्रिङ्क, चुरोट, अत्तर, शृङ्गारका सामाग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट र भान्छा कोठाका सामाग्री, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचर तथा गाडी तथा मोटरसाइकलको आयातको एलसी खोल्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।