नेपालमा पछिल्लो २४ घन्टामा थप २२ जनामा कोरोना संक्रमण
काठमाडौँ, २८, चैत । नेपालमा पछिल्लो २४ घन्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २२ जनामा संक्रमण पुष्टि भएको हो।
३ हजार ९७२ जनाको पिसिआर र १ हजार १७२ जनाको एन्टिजेन परीक्षण गरिएको हो।५ हजार १४४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
४६ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।अहिले देशभर ५६८ जना सक्रिय संक्रमित छन्।









