image
image

बलेफी हाइड्रोपावरको अईपीओे बाँडफाँड, १ लाख ६६ हजार ३४५ जनाले पाए शेयर

काठमाडौँ, २९, चैत ।  बलेफी हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको शेयर बाँडफाँट भएको छ । आज शुक्रबार विहान कम्पनीको शेयर निकाशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलको कार्यालयमा शेयर बाँडफाँट हुने भएको हो ।

कम्पनीले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट भएको छ । त्यस अनुसार योग्य आवेदकहरु मध्ये गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा १ लाख ६६ हजार ३४५ जनाले शेयर पाएका छन् ।

त्यसमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात एक लाख ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने १६ लाख ६३ हजार ४५३ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरेको हो ।त्यस मध्येपनि भाग्यमानी तीन जनालाई बाँकि रहेको ३ कित्ता शेयर एक÷एक कित्ताको दरले वितरण गरिएको छ । त्यस अनुसार अधिकतम पाउनेले ११ कित्तासम्म शेयर पाएका छन् । कम्पनीले चैत १६ देखि १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।