image
image

आज कुन देशको मुद्रा विनिमयदर कति ? 

काठमाडौँ, २९, चैत ।  नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ २३ पैसा र बिक्री दर १२१ रुपैयाँ ८३ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ २६ पैसा र बिक्री दर १३२ रुपैयाँ ९२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ १० पैसा र बिक्री दर १५८ रुपैयाँ ८८ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ८० पैसा मात्र र बिक्री दर १३० रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ३२ पैसा र बिक्री दर ९० रुपैयाँ ७६ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३२  पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ८०  पैसा छ । जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ  ६७ पैसा र बिक्री दर नौ रुपैयाँ ७२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ चार पैसा र बिक्री दर १९ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैयाँ ३३ पैसा र बिक्री दर ३२ रुपैयाँ ४९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १० पैसा र बिक्री दर ३३ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६६ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८०  पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ८२ पैसा र बिक्री दर नौ रुपैयाँ  ८७ पैसा कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।