image
image

शेयर बजार दाेहाेराे अङ्कले घटेर २४ सय विन्दुभन्दा तल झर्‍याे

काठमाडौँ, २९, चैत ।  शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार पनि घटेकाे छ । हिजाे साेमवार ४४ अङ्कभन्दा धेरैले घटेकाे शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ७८ अङ्कले घटेर दुई हजार तीन सय ८५ दशमलव ०२ विन्दुमा झरेकाे छ । 

आज हाेटल तथा उत्पादनबाहेक अरू सबै समूहकाे शेयर घटेकाे छ । निर्जीवन बीमा, जीवन बीमा, उत्पादन, विकास बैंक, जलविद्युत्, माइक्राेफाइनान्स र अन्य समूहकाे शेयर उच्च अङ्कले घटेकाे छ । 

आज दुई सय ३७ वटा कम्पनीकाे ३७ लाख ८३ हजार कित्ता शेयर एक अर्ब ५२ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीकाे पाँच कराेड ७५ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे । 

दाेहाेराे अङ्कले बजार घटेकाे दिन इमर्जिङ नेपाल र न्यादी हाइड्राेपावरकाे शेयर ६ प्रतिशतभन्दा धेरैले घटेकाे छ । समग्र बजार घटे पनि नेस्डाे समृद्ध लघुवित्तकाे शेयर १० प्रतिशतले बढेकाे छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।