image
image

८ महिनामा सरकारले खर्च गर्यो ६ खर्ब ७५ अर्ब

काठमाडौँ, २९, चैत ।  चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा संघीय सरकारले ६ खर्ब ७५ अर्ब खर्च गरेको छ । नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्ममा संघीय सरकारको कुल रु.६७५ अर्ब ३० करोड खर्च भएको छ ।

यस अवधिमा चालु खर्चतर्फ रु.५३८ अर्ब ४४ करोड, पुँजीगत खर्चतर्फ रु.७७ अर्ब १५ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्चतर्फ रु.५९ अर्ब ७१ करोड रहेको छ । समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व रु.६८४ अर्ब ७० करोड (प्रदेश सरकार तथा स्थानीय तहमा वाँडफाँड हुने रकम समेत) परिचालन भएको छ । यसमध्ये कर राजस्व तर्फ रु.६२७ अर्ब ९० करोड र गैर कर राजस्व तर्फ रु.५६ अर्ब ८० करोड परिचालन भएको छ ।

 समीक्षा अवधिमा संघीय सरकारले ट्रेजरी विलमार्फत रु.३५ अर्ब र विकास ऋणपत्रमार्फत रु.५४ अर्ब ५० करोड परिचालन गरी रु.८९ अर्ब ५० करोड आन्तरिक ऋण परिचालन गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।