image
image

नेप्से ३० अंकले बढ्यो

काठमाडौँ, ३०, चैत । शेयर बजार मापक सूचक (नेप्से) बुधवार ३०.२४ अंकले बढेको छ । आज नेप्से परिसूचक १.२७ प्रतिशतले बढेर २४१५.२४ बिन्दुमा पुगेको छ । 

आज कमाउने ५ कम्पनीमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाले ८.९८ प्रतिशत, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले ७.१९ प्रतिशतले, महिला लघुवित्त वित्तीय संस्थाले ६.४९ प्रतिशत र स्वावलम्बन लघुवित्तले ६.३० प्रतिशतले शेयर मूल्य बढेको छ ।बुधवार नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता शेयरको २८ हजार ९४५ पटक कारोबार भएको छ । यसबाट एक अर्ब ४७ करोड रूपैयाँको कारोबार भएको छ । 

आज बजार बढ्दा सबैभन्दा बढी कमाउनेमा भने नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था रहेको छ । यसको शेयर मूल्य आज १० प्रतिशतले बढेर यसको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

आज बढी गुमाउनेमा कम्पनीहरूमा युनाइटेड आइडीआई मार्दी आरबी हाइड्रोपावरको २.०८ प्रतिशत, नयाँ सारथि लघुवित्त वित्तीय सस्थाको १.९० प्रतिशतले, शिवश्री हाइड्रोपावरको १.३३ प्रतिशतले शेयर मूल्य घटेको छ ।  

बुधवार सबैभन्दा धेरै शेयर रकमको कारोवार गर्ने कम्पनीमा शिवम् सिमेन्ट रहेको छ । यसको शेयर मूल्य ९ अंकले घटेको भए पनि यसको किनबेच बढी भएका कारण एकैदिन ८ करोड ४३ लाखको कारोबार भएको हो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।