image
image

नेपालमा पछिल्लो  २४ घन्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ, ३०, चैत । नेपालमा पछिल्लो  २४ घन्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बुधबार १९ जनामा संक्रमण पुष्टि भएको हो। 

३ हजार ३४९ जनाको पिसिआर र १ हजार ३६६ जनाको एन्टिजेन परीक्षण गरिएको अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार ४ हजार ७१५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। 

४९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।अहिले देशभर ५ सय २० जना सक्रिय संक्रमित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।