रोकिएन नेप्सेको ओरालो यात्रा, निरन्तर घट्दा सेयर भाउ आइपुग्यो तल्लो विन्दुमा
काठमाडौँ, ५, वैशाख । सेयर बजार ओरालो लाग्नेक्रमले सोमबार पनि निरन्तरता पाएको छ । यस दिन नेप्से सूचक ४१.७७ अंकले घटेर २३४३.८७ विन्दुमा आएको छ । १ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेले दिनहुँजसो तल्ला विन्दुहरु छोइरहेको छ । जसका कारण बजारमा सेयर भाउ निकै सस्तो भइसकेका छन् । यसबीचमा लगानीकर्ताहरुले बजार पुँजीकरणका आधारमा खरबौं रुपैयाँ गुमाइसकेका छन् । राष्ट्र बैंकको गलत नीतिका कारण सेयर बजार यसरी प्रभावित भएको हो । सेयर बजारलाई नै प्रत्यक्ष असर गर्ने गरी केन्द्रीय बैंकले एकपछि अर्को नीतिहरु जारी गर्यो ।
सेयर धितो कर्जामा ४–१२ को सिमा, सेयर कर्जामा जोखिम भार बढाउने निर्णय, बैंकहरुले माइक्रोफाइनान्सको सेयरमा लगानी गर्न नपाउने लगायतका व्यवस्था गरेपछि बजार प्यानिक हुने अवस्थामा आएको हो । सेयर बजारको प्रत्यक्ष नियामक नभए पनि केन्द्रीय बैंकले सेयर बजारलाई नै फोकस गरेर नीति जारी गरेको लगानीकर्ताहरुले आरोप लगाएका छन् ।
यही कारण वित्तीय प्रणालीमा तरलता अभाव र ब्याजदर वृद्धि हुने अवस्था आएको विश्लेषणहरु भइरहेको छ । किन भने आन्तरिक बजारमा पुँजी परिचालन हुने अवस्था नभएपछि पैसा पलायन भएको अनुमान गरिएको छ । पुँजी बजारमा परिचालन हुने वातावरण बनाइएको भए यसरी पैसा पलायन हुने थिएन भने अहिले विश्लेषणहरु भइरहेका छन् । जुन किसिमका गलत नीतिहरुले बजार घटायो अब सुधार्न पनि तिनै गलत नीतिहरुमा सुधार हुनुपर्ने लगानीकर्ताहरु बताउँछन् ।
लामो समयदेखि लगानीकर्ताहरु बजार बढ्ने आशामा बसिरहेका छन् । तर बजारले भने लगानीकर्ताको अपेक्षा अहिलेसम्म पूरा गर्न सकेको छैन । वित्तीय प्रणालीमा तरलता अभाव र ब्याजदर महँगो हुँदै जाँदा झन् समस्या भएको हो । यसैगरी, यसअघि बजार उच्चतम विन्दुमा पुग्दा राम्रा आधारभूत आधार भएका कम्पनीहरुको मूल्य खासै वृद्धि भएन । विगतमा पनि तुलनात्मकरुपमा कमजोर आधार भएका तर पुँजी कम भएका कम्पनीहरुमा लगानीकर्ता झुम्मिए ।
यस्ता कम्पनीहरुको भाउ अझै तीब्र गतिमा तल झर्दा आम लगानीकर्ताहरु थप प्यानिक हुने अवस्था आएको छ । किन भने एकातिर यस्ता कम्पनीको भाउ द्रुत गतिमा झरेको छ भने अर्कोतिर धेरैले लाभांश पनि वितरण गर्न सकिरहेका छैनन् । यसर्थ, लगानीकर्ताहरुले सकेसम्म राम्रा आधारभूत आधार भएका कम्पनीमा लगानी गर्न सके बजार घटे पनि लाभांश पाइने र यसले क्षति न्यूनीकरणमा सहयोग गर्न सक्ने अवस्था रहन्छ ।
हाम्रो बजारमा देखिएको अर्को पक्ष भनेको दीर्घकालीन लगानीकर्ताको कमी पनि हो । विगतका बुल रनहरुमा अधिकांश लामो समयसम्म सेयर होल्ड गर्ने लगानीकर्ताको वर्चस्व रहने गरेको थियो । सोही कारण बजार र सम्बद्ध कम्पनीहरुको भाउले एउटा निश्चित विन्दु पार गरेपछि मात्र लगानीकर्ताहरुले सेयर बिक्री गर्दथे । तर अनलाइन प्रविधिको विकाससँगै लाखौं नयाँ व्यक्तिको बजारमा प्रवेश भयो ।
यसरी आएका व्यक्तिहरुमा लगानीकर्ता भन्दा पनि ट्रडेर बन्ने प्रवृत्ति हावी देखियो । सोही कारण पनि बजारले अपेक्षा अनुसार गति लिन नसकेको विश्लेषणहरु भइरहेका छन् । बजारलाई अघि बढाउन अल्पकालीन, मध्यकालीनका साथमा दीर्घकालीन लगानीकर्ताहरुको संख्या पनि उत्तिकै हुनुपर्ने विश्लेषकहरु बताउँछन् । यसो हुन सकेमा मात्र बजारले गति लिन सक्छ ।
सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण आउन सुरु भइसकेको छ । यसमा सकारात्मक संकेतहरु पनि देखिएका छन् । निर्वाचनको मिति नजिकिंदैछ । नयाँ बजेटको तयारी सुरु हुनै लाग्दा चालु आवको सरकारी खर्च पनि वृद्धि हुन थालेको छ । यी सन्दर्भहरुमा केही समयपछि नै बजारले गति लिने विश्लेषकहरुको अनुमान रहे पनि अहिलेसम्म त्यसो हुन सकेको छैन । हाम्रो बजार झन्डै ९ महिनायतादेखि करेक्सन फेजमा छ ।
यस दिन २२९ कम्पनीको ३८ लाख ७६ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४ करोड ९६ लाख रुपैयाँभन्दा बढीसहित नबिल बैंक कारोबार रकममा अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र महालक्ष्मी विकास बैंक परेका छन् ।