image
image

१८ अर्ब ४९ करोड चुक्ता पूँजी रहेको नबिल बैंकको नाफा घट्यो

काठमाडौँ, ६, वैशाख । नबिल बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा झण्डै ९ प्रतिशतले नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले यस्तोे देखाएको होे । 

साढे ३३ प्रतिशतले चुक्ता पूँजी बढाएको बैंकको नाफा घट्दा प्रतिशेयर आम्दानीमा १२ रुपैयाँ ४७ पैसाको गिरावट आएको छ । बैंकको निक्षेप तथा कर्जामा सुधारका साथै खुद ब्याज आम्दानी बढ्दा पनि निष्क्रिय कर्जा बढेपछि खुद नाफा घटेको छ ।

बैंकको बैंकको निष्क्रिय कर्जा ०.४८ प्रतिशतबाट बढेर १.१४ प्रतिशत पुगेको छ। जस वापत इम्पेरमेन्ट चार्ज ६१ करोड नाघेको छ । बैंकको इम्पेरमेन्ट चार्ज बढेकाले सञ्चालन मुनाफामा गिरावट आउँदा खुद नाफा घट्न पुगेको हो । बैंकको संचालन मुनाफा समेत ८.७५ प्रतिशतले घटेको छ ।चालु आर्थिक वर्षको ९ महिना अर्थात चैत्रमसान्तसम्ममा बैंकले ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.९१ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको नाफा घटेपछि प्रतिशेयर आम्दानीमा गिरावट आएको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १२ रुपैयाँ ४७ पैसाले घटेर २४ रुपैयाँ १६ पैसामा सीमित भएको छ । बैंकले गत आर्थिक वर्षमा ३३.६० प्रतिशतले चुक्तापूँजी बढाएको थियो । पूँजी बढ्ने नाफा घट्ने हुँदा प्रतिशेयर आम्दानीमा झनै गिरावट आएको हो ।

बैंकको व्यवासायको आकार भने बढेको छ । बैंकको निक्षेप करिब ५ प्रतिशत तथा कर्जा प्रवाह १२ प्रतिशत भन्दा धेरैले बढेको छ । बैंकले चैत्र मसान्तसम्मा २ खर्ब ३४ अर्ब २२ करोड निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब ९४ करोड कर्जा प्रवाह गरेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.३० प्रतिशत बढेको छ। बैंकले यसअवधिमा ६ अर्ब ५९ करोड खुद ब्याज आम्दानी गरेको छ ।

१८ अर्ब ४९ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा तथा कोषमा १६ अर्ब ६९ करोड छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्ने प्रक्रियामा रहेकोे छ । जसका लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति समेत पाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।