image
image

लगातार दुई दिन घटेको सेयर बजारमा मंगलबार दोहोरो अंकको वृद्धि

काठमाडौँ, ६, वैशाख । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार १३.३७ अंकले बढेको बजार २३५७.२४ बिन्दुमा पुगेर रोकियो । यो शून्य दशमलव ५७ प्रतिशतको वृद्धि हो । सोमबार कुल २२९ कम्पनीको २७ हजार ८ सय ४१ वटा कारोबार भएको छ । यी कारोबारबाट ३२ लाख १३ हजार १ सय ९५ कित्ता मात्र सेयर किनबेच भएको देखिएको छ ।

यसअघि आइतबार र सोमबार बजारमा ठूलो गिरावट आएको थियो । मंगलबार भने बजार केही सम्हालिएको छ । मंगलबार १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार९ सय ३२ रुपैयाँको कारोबार भएको छ । मंगलबार सबै उपसमूह हरियो देखिए । सबैभन्दा बढी अन्य र होटेल तथा पर्यटन उपसमूहका लगानीकर्ताले कमाए ।

मंगलबार नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र ग्रीन भेन्चर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो । मेगा म्यूचअल फण्ड, शिवश्री हाइड्रो र हिमालय उर्जा विकास कम्पनीको सेयर मूल्य समेत धेरै बढ्नेमा रहेको छ । डिव्येश्वरी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ८.८२ प्रतिशतले घट्यो । मंगलबार नविल बैंकको सबैभन्दा धेरै ६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।